भद्रपुर । झापा सदरमुकामको पुरानो बजार भद्रपुर बजारमा सडक व्यवस्थापन गर्न स्थानीय सरकार असफल हुँदा आवतजावतका लागि कठिन बन्दै गइरहेको छ ।
भन्सार उत्तर संगम चौकसम्म मेची राजमार्ग जोडिने मूल सडक विस्तार गर्न नगर प्रशासन असफल हुँदा वजार प्रवेश असहज बन्दै गइरहेको हो ।

एक दशकयता सडक विस्तारका लागि पटक पटक नगरपालिकाले टेण्डर आवहान गरेको पनि देखिन्छ तर सडक पुनर निर्माण भने पूरा हुन नसकेकोमा स्थानीयको दुखेसो छ । स्थानीय बासिन्दाका अनुसार वजार क्षेत्रमा सडक संरचना मिचेर बनिएका घर टहरा हटाउन दलगत अबरोध आएपछि सडक निर्माण अलपत्र पर्दै आएको हो ।

हिउँदमा धुलो र वर्षादमा हिलो मात्र भरिने सडकको दुवै किनारामा बजार क्षेत्रमा पानी बग्ने नाली समेत अबरूद्ध भएको वर्षौ बिते पनि नगर सरकारले नाला सफाइमा समेत बेवास्ता गरेको बजारबासीको आरोप छ ।

स्थानीयका अनुसार काँग्रेस, राप्रपा र एमाले पार्टीका स्थानीय नेतृत्वले सडक बिस्तारमा अवरोध सिर्जना गर्न संरचना भत्काउन नदिने वातावरण निर्माण गर्दा वर्षादमा हिलो, हिउँदमा धुलो सहनु पर्ने बाध्यता आइरहेको छ । नगर नेतृत्वले पनि सडक निर्माणमा अभिभावकीय भूमिका निवाह नगरेको समेत आरोप लाग्ने गरेको छ ।

यस सडक अन्र्तगत संगम चौकदेखि जनता चौकसम्म एकतर्फी नाला निर्माण भए पनि दक्षिणपट्टि नाला निर्माण नहुँदा सडक विस्तार हुन सकेको छैन भने जनता चौकदेखि भन्सारसम्म नाला नै विस्तार नहुँदा साँगुरो सडकले खाल्डाखुल्डी बोकेर दुर्घटनाको जोखिम पालिरहेको छ ।

स्थानीय सरकारले आफ्नो दायित्व पूरा गर्ने क्रममा सडकका खाल्डाखुल्डीमा बालुवा छर्ने गरेको सो सडक दुई पाङ्ग्रे सवारी साधनका लागि दुर्घटनाको केन्द्र बन्न पुगेको भुक्तभोगीको भनाइ छ ।
सडकको विषयमा बुझ्दा नगर प्रमुख गणेश पोखरेल सडक निर्माणका लागि यही आर्थिक वर्षबाट ठेक्का लागि सकेको जानकारी दिँदै वर्षाद सकिने बित्तिकै निर्माणको काम हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार