हल्दिबारी । हल्दिबारी गाउँ कार्यपालिकाको कार्यालयमा राजवंशी जाति उत्थान मञ्च नामक समाजिक संस्था दर्ता भएको छ ।

हल्दिबारी गापाभित्र बसोबास गर्ने राजवंशीहरुको आफ्नो जातिय हक, हित, अधिकार, परम्परा, भेषभूषा, भाषा, संस्कृति र पहिचानको संरक्षण एवंम् प्रर्वद्वन गर्ने उद्देश्यले स्थापित संस्थालाई आज विधिवत् रुपमा दर्ता गरिएको हो ।

वि.स.२०५० सालमा स्थापित राजवंशीहरुको एकमात्र जातिय संस्था राजवंशी समाज विकास समितिको हाल चरम राजनीतिक, गुटबन्दी र केही व्याक्तिहरुको व्यक्तिगत स्वार्थको कारण दुई वटा केन्द्रीय समिति र झापामा केही दिन अगाडि मात्र दुई वटा गुटको छुट्टाछुट्टै भेला गरी नयाँ समिति चयन गरेको थियो ।

रा.स.वि.स.ले यो अवस्थामा अबका दिनहरुमा राजवंशी जातिको हक, हित, अधिकार, भेषभुषा, भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण हुन नसक्ने ठहर गर्दै समग्र हल्दिबारीमा बसोवास गर्ने राजवंशी जातिको हक, हित, सामाजिक अधिकार,भेषभुषा, भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रर्वद्वन गर्न यस संस्था गठन गरी दर्ता गरिएको संस्थाका तदर्थ समितिका अध्यक्ष खकेन राजवंशी जानकारी दिनुभयो ।

साथै यस संस्थाले स्थापनाको अवसरमा यहि मिति २०८० कात्तिक ९ गते पारोखोपि मेलाको दिन बेलुका राजवंशी संस्कृत नाच (पाचालि गान) को आयोजना गर्ने र संस्कृत टोलि भारतको स्लामपुर थुक्राबारीबाट आउने साथै सो कार्यक्रमको आधा तयारी पुरा भईसकेको संस्थाका सचिव दिपेश राजवंशीले जानकरी दिनुभयो ।
नव गठित राजवंशी जाति उत्थान मञ्चमा घटीमा २५ देखि बढिमा जति पनि सदस्य हुने र कार्य समिति एक महिला उपाध्यक्ष अनिवार्य रहने गरी १५ सदस्य रहने विधानमा व्यवस्था गरिएको संस्थाका उपाध्यक्ष विष्णु कुमार राजवंशीले जानकारी दिनुभयो ।

 

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार