कचनकवल । झापाको कचनकवल –१ घेरावारी स्थायी घर भएका मृगौला रोगबाट पीडित एक युवाले बचाई दिन सार्वजनिक अपिल गरेका छ्न ।
२ वटै मृगौलाले काम गर्न छोडेपछि साविक घेरावारी ,झाकुवा बस्तीका प्रदीप नारायण राजवंशीले आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि झापाबासीसित बचाइ दिन अनुरोध गरेका हुन् । मृगौला रोगसित लड्न महंगो खर्च लाग्ने भएपछि ३५ वर्षे राजवंशीले आफ्नो एकल प्रयासमा उपचार गर्न नसक्ने भएपछि सहयोगी मनहरूलाई आर्थिक सहयोगका लागि आग्रह गरेका हुन् ।
केही महिनायता दुवै मृगौलाले काम नगर्ने अवस्था आएपछि हाल ओम साई पाथीभरा अस्पताल भद्रपुरमा डायलोसिस गरिरहेका राजवंशी आर्थिक अवस्थाकै कारण मृगौला प्रत्यारोपण गर्न नसक्ने परिस्थितिमा रहेको दुखेसो पोख्छन् । उनले आर्थिक अभाव भएको कारणले सहयोगका लागि सबै नेपाली मनसित हात फैलाएको बताए । देश विदेशमा रहेका मनकारी महानुभावहरूमा सहयोगको अनुरोध गर्दै राजवंशीले बाँच्ने अवसर निर्माण भए समाज र देशका लागि केही न केही योगदान दिन सक्ने प्रष्ट पारेका छन् ।
परिवारको दायित्व समेत बोकिरहेका राजवंशीका ३ छोरीहरू १२, ९ र ७ वर्षका रहेका छन् । उनले सहयोग गर्नको लागि निम्न मोवाइल नम्बर ९८२६०९०२४४ र प्रदिपकुमार राजवंशीको एन आई सि एसिया बैकको खाता नम्बर २०३५७५२९४११८६००१ मा सहयोग गरिदिन समेत उनले अनुरोध गरेका छन् ।