जनक राजवंशी । हल्दिबारी, २७ असोज । देउनिया क्रिकेट टिमद्वारा आयोजित खुल्ला सुपर १५ क्रिकेट प्रतियोगिता आजदेखी सुरु भएको छ । हल्दिबारी गाउँपालिका वडा नं. २ मा रहेको भेलागडी सहिद स्मृति लोकतान्त्रिक पार्क संगै रहेको खेल मैदानमा खुल्ला सुपर १५ क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

उक्त खेलमा विजेता हुने टिमले नगद रु.४०,०००।– धनराशी साथै मेडल ट्रफी पाउने छन् भने उप विजेता टिमले रु.२५,०००।– मेडल ट्रफी पाउने छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा बोक्राचारी क्रिकेट टिम राजगढ र बलभद्र क्रिकेट टिम भद्रपुर भिडेका थिए । उक्त खेलमा ८ विकेटले बलभद्र क्रिकेट टिम भद्रपुर विजयी भएको थियो भने दोस्रो खेलमा बाह्रदर्शी क्रिकेट टिम र पृथ्वी नगर क्रिकेट टिम भिडेका थिए । उत्त खेलमा बाह्रदर्शी क्रिकेट टिम १०५ रनले जित हासिल गरेका थिए ।

त्यस्तै भोलिको पहिलो खेलमा जामुनबारी क्रिकेट टिम र पशुपति क्रिकेट टिम भिड्ने छन् भने दोस्रो खेलमा दाजुभाई क्रिकेट टिम धनुषमोड र बिरेन्द नमुना क्याम्पस भिड्ने छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
6
+1
0
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार