हल्दिबारी २८ असोज। हल्दिबारी गाउँपालिकाका वडा नं-१ स्थित गरमकाली आ.विमा शुद्ध खानेपानी खुवाउने हेतुले खानेपानी फिल्टर प्लान जडान गरिएको छ । यो सगै हल्दिबारीका ७ वटा विद्यालयका विद्यार्थीहरुले शुद्ध खाने पानी पिउन पाउने भएका छन।
आज एक कार्यक्रमका विच खानेपानी ल्याउन पहलकदमी गर्नु हुने महेशलाल मेचेले गरमकाली आ.बि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल राई ,प्रधानाध्यापक राम पराजुली ,शिक्षक अभिभावकको उपस्थितिमा हस्तान्तरण गर्नु भएको छ ।
नेकपा एमाले हल्दिबारी गाउँकमिटी उपाध्यक्ष,पुर्ब जनप्रतिनिधि,हल्दिबारी उधोग वाणिज्य सघंका सदस्य समेत रहेका युबा समाजसेवी महेश मेचेको पहलमा करिब ५० लाख मूल्य बराबरको खानेपानी प्लान जडान गरिएको हो।
(Environment protection center nepal) इन्भारोमेन्ट प्रोटेक्सन सेन्टर नेपाल,रौतहट बाट निशुल्क रुपमा प्राप्त प्लानको मूल्य १ बिद्यालय बराबर ७ लाख ५० हजार रहेको सस्थाका जिल्ला संयोजक अमर मेचेले जानकारी दिए।
हल्दिबारी गाउँपालिकाका सबै विद्यालयहरुमा शुद्ध खाने पानी जडान गर्न लागि परेको पुर्व जनप्रतिनिधि समेत रहेका महेश मेचेले बताउनु भयो।उहाँका अनुसार सो प्लान्ट हल्दिबारी माध्यमिक विद्यालय,जन जागृती मा.बि,महेन्द्र मा.बि,लक्ष्मी मा.वि,चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालय जलथल,सस्वती मा.वि र आज जोडिएको गरमकाली आ.वि सहित ७ वटा विद्यालय रहेका छन।
उनका अनुसार अन्य विद्यालयमा पनि शुद्ध खानेपानी खुवाउन पहल कदमी भइ रहेको बताउनु भएको छ ।