प्रभात बहुउद्देश्यीय सहकारी संस्था लि. को १९ औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष देवी प्रसाद ओलीको अध्यक्षता तथा पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
संस्थामा सक्रिय ८०२ जना सेयर सदस्य रहेका छ्न भने जम्मा सेयर पुजी १,५३,६०,३०० रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार संस्थाले यश बर्ष २३ लाख १३ हजार ७ सय ६९ रुपैयाँ ४० पैसा मुनाफा गरेको छ ।
संस्थाले जेष्ठ सदस्य गङ्गामाया उप्रेती र दुर्गा बहादुर पौडेल त्यस्तै असल बाल बचत कर्ता एन्जिला भट्टराई र राहुल पुर्कृटीलाई नगदसहित संमान गरेको थियो ।
त्यसैगरी SEE का उत्कृष्ट विद्यार्थी आयुस काफ्ले र प्रजिन भुजेल त्यस्तै असल ऋणी सितादेवी बस्नेत ,लोकबहादुर बन र असल मासिक बचत कर्ता देवी प्रसाद बास्कोटा र मनमाया राईलाई समेत नगदसहित संमान गरेको थियोे ।
संस्थाले सुफत मुल्य सहकारी पसल , तोरी मिल र केही समय पश्चात् कुटानी पिसानी शुरु गर्ने अध्यक्ष ओलिले जानकारी दिनु भयो । किसान संग धान र तोरी खरिद गरि सर्वसुलभ चामल र तेल उत्पादन गरि बजारमा बिक्रिवितरण गर्ने लक्ष लिएको साधारणसभामा अध्यक्ष ओलीले जानकारी दिनुभएको छ ।
कार्यक्रमलाई प्रमुख अतिथि रवीन्द्र प्रसाद लिङ्देन, वडा अध्यक्ष सन्तकुमार थापा, जलथल स्वास्थ्य चौकीका प्रमुख माधव यादव, सेयर सदस्य लक्ष्मी सिवाकोटी लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमलाई स्वागत मन्तव्य संस्थाका सचिव सुर्य बहादुर राईले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका उपाध्यक्ष रामचन्द्र उप्रेतीले गर्नु भएको थियो ।
प्रभातका अध्यक्ष देवी प्रसाद ओलिले निति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नु भएको कार्यक्रममा लेखा समितिका संयोज बालकृष्ण बेडारीले लेखापरीक्षणको प्रतिवेदन प्रस्तृत गर्नु भएको थियो ।