हल्दिवारी गाउँपालिका वडा नम्बर २ को भजन ( हल्दिवारी स्कुल ) चोकमा सिसि क्यामरा जडान गरिएको छ ।

हल्दिवारीमा हुने अपराधिक गतिविधि ,सडक दुर्घटनलाई मध्यनजर गर्दै सिसि क्यामरा जडान गरिएको वडा अध्यक्ष शुकलाल राजवन्सीले बताउनु भयो ।

वडाको बिनियोजन सिलिङ बजेट २ लाख ५० हजारबाट पहिलो पल्ट हल्दिवारीमै सडक सिसि क्यामरा जडान गरिएको राजवन्सी बताउनु हुन्च्ज ।

हल्दिवारी माविको उत्तर तर्फ भजन चोकको उत्तर र पश्चिम्म रहने गरि हाल नाइट भिजन क्यामरा जडान भएको देख्न सकिन्छ ।

सिसि क्यामराको मनिटरियन वडा कार्यालय र हल्दिवारी प्रहरी चौकीबाट हेर्न सकिने र चौविसै घन्टा प्रहरीले गतिविधिको चौकीमा बसेर निगरानी गर्न सकिने वडा अध्यक्ष राजवन्सी बताउनु हुन्छ ।

वडामा हुने अपराधीक गतिविधि रोक्ने उदेश्यले हाल भजन चौकमा क्यामरा जडान भएको छ भने आउदो बजेट मार्फत पाराखोपी बजार , काजली , सम्भु चोक , खारसाङ्ग वारि चोक र मिलन चोकमा सिसि क्यामरा जडान गरिने वडा कार्यालयले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
4
+1
0
+1
1
+1
0
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार