हल्दिवारी,२ कात्तिक । हल्दिवारी गाउँपालिका वडा नम्बर २ ले २१७ वटा वाईफाई निशुल्क जडान गरेको छ ।
स्थानीय विद्यार्थी र किसानलाई प्रविधिको ज्ञान दिने उदेश्यले वडाको बिनियोजित बजेट मार्फत निशुल्क रूपमा वाईवाई जडान गरिएको वडा अध्यक्ष शुकलाल राजवन्सीले बताउनु भयो ।
आर्थिक बर्ष २०७४ -२०७९ मा १५० वाईफाई जडान गरेको वडाले २०८०-२०८१ को बिनियोजन बजेट १ लाख ५० हजारबाट ६७ वटा वाईफाई जडान सम्पन्न भएको वडा सदस्य रचना कुलुङ्ग राईले हल्दिवारी डटकमलाई जानकारी दिनुभयो ।
आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई अनलाइन कक्षा र किसानलाई प्रविधिको ज्ञान सगै आर्थिक अवस्था र शिक्षामा सुधार गर्ने उदेश्यले प्रत्येक वर्ष यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्न लागेको अध्यक्ष राजवन्सी बताउनु हुन्छ ।


याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
3
+1
4
+1
1
+1
+1