जनक राजवंशी । हल्दिबारी, ०४ कार्तिक । देउनिया क्रिकेट टिमद्वारा आयोजित खुल्ला सुपर १५ क्रिकेट प्रतियोगिता हल्दिबारी गाउँपालिका वडा नं। २ मा रहेको भेलागडी सहिद स्मृति लोकतान्त्रिक पार्क संगै रहेको खेल मैदानमा चलि रहेको छ ।

आज भएको पहिलो सेमीफाइनल खेल बुटाबारी क्रिकेट टिम र बलभद्र क्रिकेट टिम बिच भएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बिुटाबारी क्रिकेट टिमले निर्धारित १५ ओभरमा रोहीत राजवंशीको ३८ र बिराट डाँगीको २९ रनको मद्द्तमा १६८ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा बलभद्र क्रिकेट टिमले सवै विकेट गुमाउदै १०७ रन मात्र बनाउन सकेको थियो । बलितङ तर्फ बुटाबारी क्रिकेट टिमका बिजयले ४, रिङ्कुसले ३ र रोहितले २ वीकेट लिन सफल भएका थिए । कसिलो बलिङ र ब्याटिङ्ग गरि अलराउण्ड प्रदर्शन गरेका रोहित राजवंशी म्यान अफ दी म्याच घोसित भएका थिए । उक्त खेलमा बुटाबारी क्रिकेट टिमले ६० रनले जिती फाइनलमा पुग्न सफल भएको छ ।

त्यसैगरी आजै भएको दोस्रो सेमीफाइनल खेल पन्थापाडियाज र जामुनबाडी क्रिकेट टिम बिच भएको थियो । टस जितेर ब्याटिङ्गको गरेको पन्थापाडियाजले सुरेशको ४५, निश्चलको २८ र निरजको २० रनको मदतले निर्धारित १५ ओभरमा १४२ रनको योगफल तयार गरेको थियो । बलिङ्ग तर्फ जामुनबाडी क्रिकेट टिमबाट सागरले २ विकेट लिन सफल भएका थिए । जवाफि ब्याटिङ्गमा उत्त्रीएको जामुनबाडी क्रिकेट टिमले १५ ओभरमा ७ विकेट गुमाउँदै ११५ रन मात्र बनाउन सफल भएको थियो । बलिङ्ग तर्फ सरिफले ३ विकेट लिएका थिए । खेल पन्थापाडियाजले क्रिकेट टिमले २६ रनलेजिलेको थियो । उत्कृष्ट ब्याटिङ्ग गरेका पन्थापाडियाजको सुरेश खेलको म्यान अफ दी म्याच भएका छन् र पन्थापाडियाज क्रिकेट टिम पाइनलमा प्रवेश गरेका छन् ।

भोलिको फाइनल खेल पन्थापाडियाज क्रिकेट टिम र बुटाबारी क्रिकेट क्लव विच हुने भएको छ ।

उक्त खुल्ला सुपर १५ क्रिकेट प्रतियोगितामा विजेता हुने टिमले नगद रु।४०,०००।– धनराशी साथै मेडल ट्रफी पाउने छन् भने उप विजेता टिमले रु।२५,०००।– मेडल ट्रफी पाउने छन् ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार