आइतबार बिहान ७ः३९ बजे भूकम्पको धक्का महसूस भएको हो। काठमाडौं लगायत आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, काभ्रेको बोल्दे भेदिचे गाउँ नजिक केन्द्रबिन्दू भएर पाँच म्याग्नेच्युडको भूकम्प गएको हो। यसले ४६ सेकेन्डसम्म हल्लाएको केन्द्रले जनाएको छ।
नेपालसँगै चीन र भारतमा पनि यसको धक्का महसूस गरिएको केन्द्रले जनाएको छ। भूकम्पको धक्काले क्षति भएको विवरण भने नआएको नेपाल प्रहरीले जनाएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
1
+1