बनियानी, ५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओबादीकेन्द्र) कचनकवल गाउँसमितिको आयोजनामा शुभकामना आदान प्रदान तथा खुल्ला सास्कृतिक नृत्य प्रतियोगिता बनियानीको लक्ष्मी मा.वि.को प्रागणमा भव्यताका साथ सम्पन्न भएको छ ।

माओबादी केन्द्र कचनकवलका अध्यक्ष किरण लिम्बुको अध्यक्षता तथा नेकपा माओबादी केन्द्रीय सदस्य सावित्री प्रसाद काफ्लेको प्रमुख आतिथित्यता एवं प्रदेश सभा सदस्य निमसरी राजवंशी र कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको विशिष्ट आतिथित्यतामा भएको कार्यक्रममा सहिद परिवारलाई सम्मान समेत गरिएको थियो ।

उक्त कार्यक्रमलाई प्रमुख अतिथि सावित्रि प्रसाद काफ्ले, प्रदेश सभा सदस्य निमसरी राजवंशी कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द प्रसाद सिंह राजवंशी, पुर्व प्रदेश सभा सदस्य बसन्त बानिया, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य ममता राजवंशी कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, वडा नं. ६ का अध्यक्ष चिन्तामणी खरेल तथा समाजबादी एकीकृतका मेयरसिंह राजवंशीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उक्त अवसरमा बादविवाद प्रतियोगितामा झापा प्रथम हुने कन्चन राजवंशीले नेपालको राजनैतिक परिवर्तनमा माओबादीले खेलेको विषयमा आफ्नो कुरा राखेको थिइन । कार्यक्रमलाई माओबादी केन्द्र झापा ३ (क) का इन्चार्ज डिल्ली घिमिरे हिकमतले शुमकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण पार्टिका सचिव मोति राजवंशीले गरेका थिए । सोहि अबसरमा खुल्ला सास्कृतिक नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको थियो भने राष्ट्रिय स्तरका कलाकारहरु बोकेदारी लगायतले बेजोड प्रस्तुति गर्न लागेको आयोजकले बताएका छन् ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार