गौरीगञ्ज, कात्तिक ११ । झापाको गौरीगञ्ज ५ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ ७ बजेतिर दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय कैलाशप्रसाद ताजपुरियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. ३३ प ६३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को. २८ प ३०८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । सो क्रममा ६३६४ नम्बरको मोटरसाइकल चालक ताजपुरियाको मृत्यु भएको थियोे । उनलाई दमकको निम्स हस्पिटलमा उपचारको लागि ल्याइएको थियो ,अस्पताल ल्याउनसाथ चिकित्सकहरुले मृत घोषणा गरेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
अर्का मोटरसाइकल चालक ३२ वर्षीय तुलसी ताजपुरिया सामान्य घाइते भएका छन् । उनको उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । (फाइल तस्बिर)