हल्दिवारी , ११ कात्तिक । हल्दिवारी माविमा अध्यनरत अन्दाजी बर्षिय १७ छात्रा बालिका बस्नेत आफ्नै घरमा  झुन्डिएको अवस्थामस मृत फेला परेको  स्थानीय जलथल प्रहरीले जनाएको छ ।

 हल्दिवारी – ४ काजली पुल पुर्व ऐनावारीमा बसोबास गर्दै आएकी बालिका हल्दिवारी माविमा कक्षा १२ मा अध्यनरत रहेकी माविका प्रअ टंक बहादुर पाखृनले जानकारी दिनु भएको छ ।

 बीस दिन अगाडि उनकी साथीले समेत घरमा झुन्डिएर आत्महत्या गरेकी थिईन । 

मृतक बालिकाका बुबा वैदेशिक रोजगारीका लागि बाहिर गएका छ्न भने आमा ,  दाइ र बैनिका साथ उनी बस्दै आएकी थिइन् ।  मृतक बस्नेत कि आमाले अन्दाजी ३ : ३० बजे दिउँसो उनी सुत्ने कोठामा झुन्डिएको अबस्थामा देखेपछि छरछिमेकीलाई खवर गरेकि थिइन् ।

बालिकाको सवलाई आवश्यक छानबिन पश्चात् जिल्ला प्रहरी कार्यालय र जलथल प्रहरी चौकीको अनुसन्धान टोलिले  पोस्ट  मार्टमको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
6
+1
0
+1
0
+1
96
+1
4

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार