हल्दिवारी, १८ कात्तिक । हल्दीवारी गाउँपालिकाका विद्यालयमा आगामी शैक्षिकसत्र बाट बुद्धिचाल ( चेस ) को अध्यन अध्यापन गराउने पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले बताउनु भएको छ ।
हल्दीवारी बुद्धिचाल संघको आयोजना तथा वडा नं. १ काे सहकार्यमा वडा परिसरमा आज कात्तिक १८ र भाेली १९ गते सम्म संचालित हल्दीवारी गाउँपालिका स्तरीय प्रथम बुद्धिचाल प्रतियोगिताको उद्घाटनमा प्रमुख अतिथि समेत रहेनु भएका लिङ्गदेनले उक्त कुरा बताउनु भएको हो ।
चेसखेलबाट वृद्धि बिकास हुने र विद्यार्थी सहि दिशामा लाग्ने हुँदा बुद्धिचाल संघ सगको सहकार्यमा विद्यालय स्तर पाठ्यसामग्रीमा समेत बुद्धिचाल खेललाई समाबेश गरि लैजान आफू तयार रहेको अध्यक्ष लिङ्गदेनले बताउनु भएको छ ।
हल्दीवारी बुद्धिचाल संघका अध्यक्ष दिलकेशर थापाको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले हल्दिवारीका अध्यक्ष त्रिलोचन सापकोटा, झापा बुद्धिचाल संघका अध्यक्ष तथा प्रतियोगिताका निर्णायक भुपेन्द्र निरौला, स्थानीय समाजसेवी त्रिलोचन मैनाली र ध्रुव कुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
हल्दीवारीमै पहिलो पल्ट संचालन गरिएको प्रतियोगितामा ४० जनाको सहभागी रहेको छ । दुई दिन सम्म संचालित उक्त प्रतियोगितामा प्रथम , दितिय ,तिर्तिय र सान्त्वना हुनेलाई क्रममा १० हजार ,७ हजार ,४ हजार र सान्त्वना हुने १० जनालाई २/२ हजार नगदसहित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिनु भयो ।
कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली ,वडा नम्बर १ अध्यक्ष देवी बहादुर थापा, कार्यपालिका सदस्य सान्तादेवी शिवाकोटी ,वडा सदस्य प्रकाश कार्की ,कुलबहादुर राई ,रुपा रसाइली र २ नम्बर वडा सदस्य गणेश मगर लगायतको उपस्थित रहेको थियोे ।
हल्दिवारी गाउँपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा भएको प्रतियोगितामा स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष बिरबल योङ्हाङले राखुभएको थियोे भने कार्यक्रमको सहजीकरण सचीव नरेन राईको रहेको थियोे ।