बनियानी, १९ कात्तिक । झापाको पुर्वी दक्षिण सिमामा अवस्थित नेपालकै होचो भुभाग समेत रहेको कचनकवल गाउँपालिकाको वडा नम्बर -१ २ र ३ ले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयमै वितरण गरिरहेको छ ।
साविक घेरावारी र पथरियामा परेका १,२ र ३ वडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक , अपांग नागरिकलाई ध्यानमा राखेर बैक सगको सहकार्यमा वडाबाटै बैंक कर्मचारीबाट भत्ता वितरण गर्ने गरेको वडा नम्बर १ का अध्यक्ष महावीर लिम्बू ( रन्जित ) ले बताउनुभयो ।
उनका अनुसार १०/१३ किलोमीटर टाढा वनियानी बजारमा बैंक रहेको र त्यहाँ वडा बासीले सास्ती भोग्नु परेपछि उनीहरुको भत्ता वडा कार्यालयमा आएर बैंक कर्मचारीबाट वितरण गर्ने व्यवस्था मिलाईएको छ ।
प्रत्येक ३/३ महिनामा सामाजिक सुरक्षा भत्ता नेपाल सरकारले दिने व्यवस्था अनुसार कचनकवल १ मा मात्र ७ सय ले करिब ६५ लाख बराबरको भत्ता लिने गरेको वडा अध्यक्ष लिम्बूले बताउनु भयो ।
सामाजिक ,आर्थिक र बिकासले समेत पछाडि परेको कचनकवल गाउँपालीकामा बहुसंख्यक राजवंसी र मुस्लिम समुदायको जनघनत्व रहेको छ ।
एसियाकै जैविक विविधता भएको जलथल जङ्गल सग जोडिएको नेपालको होचो भुभाग केचना कवल को बिकास गरि आन्तरिक तथा बाह्र पर्यटन भित्र्याउन सके यहाको सुन्दरता विश्व सामु पुग्ने थियोे कि ?