झापा / मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
मेचीनगर -२ का अध्यक्ष दिपक बरालका अनुसार स्थानीय गोपाल रिजाललाई आज बिहान मर्निङ वाक गर्ने क्रममा हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनाएको छ ।
उनका अनुसार स्थानीय रानागाउँ चोकमा ४२ वर्षीय रिजालमाथि हात्तीले आक्रमण गर्दा उनको ७ वटा करङ भाँचिनुका साथै फोक्सोमा पानी जमेको चिकित्सकहरूले बताएका छन् ।
उनको बीएण्डसी अस्पतालको आइसियुमा उपचार भइरहेको वडाध्यक्ष बरालले बताए । फाइल तस्वीर
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
+1
+1
+1
1
+1
1