हल्दिबारी, २० कार्तिक । झापाको हल्दिवारी गाउँपालिका ४ मा आज एक अन्दाजी २५ बर्षको एक युवालाई बच्चा चोर्दा चोर्दै पक्राउ गरिएको छ।
स्थानीय रुद्र मैनालीको चिया बगानमा मजदुरी गर्दै आएका लोकमान र लक्ष्मी राईका १० महिनाको छोरालाई घरभित्रै बाट भारत घर बताउने युवाले कोक्रोबाटै लैजान लागेको देखेपछि उनलाई स्थानीयले पक्राउ गरि प्रहरीलाई बुझाएका छ्न ।

घरमा पसेर महिलाको लुगा लगाएर बालकलाई लैजान लागेको देखेपछि चिया बगानमा काम गर्दै आएका राई सहितले उनलाई पक्राउ गरि कुटपिट  समेत दिएको स्थानीय बताउँछन् ।

पक्राउ परेको युवा प्रष्ट नेपाली बोल्ने र २ जना रहेको समेत बताएका छ्न ।

निज पक्राउ परेका युवाले आफ्नो नाम बुद्ध उराव रहेको र भारतको इस्लामपुर घर भएपनी साविक गोलधाप , भुतेनी खोला पारी बस्दै आएको बताएका छ्न ।उनलाई आवस्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाएको जलथल प्रहरीले बताएका छन ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
4
+1
11
+1
0
+1
1
+1
3
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार