झापाको हल्दिबारी -४ मा रहेको श्री सिद्धकाली मन्दिरको दान पेटिकाबाट रकम चोरी भएको छ । बुधबार राती दान पेटिका चोरी भएको श्री सिद्धकाली मन्दिरका पुजारी रगुनाथ निरौलाले जानकारी दिए ।
मन्दिर भित्र रहेको दान पेटिका फुटाएर त्यस भित्रका भेटी रकम चोरी भएको छ । १ वटा दान पेटिका फुटाएर भेटी चोरी भएको हो । गेटमा फलामे ताला लगाइएको थियो । उक्त ताला फुटाएर दान पेटिकाबाट रकम चोरी भएको पुजारी निरौलाले जबताए ।
दान पेटिकामा कति रुपैयाँ थियो भन्ने यकिन छैन । त्यहाँ करिब १० हजार भेटी रहेको अनुमान मन्दीर समितिले गरेको छ । यस घटनाको अनुसन्धान भैरहेको जलथल प्रहरीले जनाएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
1
+1