राजबिराज / हिन्दुहरुको महान पर्व छठपर्वको पावन अवसरमा तराई मधेस महिला फाउन्डेशन नेपाल द्वारा छठ पर्वका व्रतालु महिलाहरुलाई साडि वितरण गरिएको छ ।

छठ पर्वको शुरुवात मानिने दिन नहाइ खाई दिनको अवसर पारि राजविराज नगरपालिका वडा नम्बर-६ स्थित पुरनो पोखरि महाडमा फाउन्डेशनका अध्यक्ष सुनिता कुमारी साहको हातबाट मनत्वय सहितको साडि वितरण गरि कार्यक्रम सम्पन्न गरियो ।

उपस्थित अन्य महिला दिदिबहिनीहरु आशिर्वाद सहित अबिरको टीका एकअर्कामा लगाएका थिए साथै सन्तान दाहिने,रोग बिकार विनाशीनि,धन प्रदायणि महानदेवि छठि माताको जय जयकार गर्दै महिलाहरुले तराई मधेस महिला फाउन्डेशन नेपालको उत्तोरउत्तोरको प्रगतिको कामना गर्दै फाउन्डेशन कि अध्यक्ष सुनिता कुमारी साहलाई राम्रो काम गरेको भनेर सहराना गरेका थिए । सों अबसरमा स्थानीय बुद्धिजीबीहरुको उपस्थितिमा फाउंडेशनको सामाजिक अभियाको सराहना गरेका थिय ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार