हल्दिबारी, ६ मंसिर । राजबन्सी जाति उत्थान मञ्च हल्दिबारी २ ले भोलि हुने हरिबोधिनी एकादशी पर्वको अवसरमा सार्वजनिक विदा माग गर्दै हल्दिबारी गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
राजवंशी जातिय दर्शन र संस्कृति अनुसार हरिबोधिनी एकादशी एक मोक्ष प्राप्तीका लागि गरिने कठोर साधनापुर्ण ब्रत रहेको र हल्दिबारी गाउँपालिकामा बहु संखेत राजवंशी समुदाय बसोवास गर्ने हुदा सार्वजनिक विदाको लागी गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको मञ्चका अध्यक्ष खकेन राजवंशीले बताए ।
यो एकादशी ब्रत दंतचिक्त भएर तन, मन र श्रद्धाका साथ तिन एकादशी ब्रत बस्दा मोक्ष प्राप्ती हुने बताइन्छ ।
ज्ञापन पत्रमा भनिएको छ : प्रस्तुत विषयमा यस गाउँपालिकामा सदियौं देखी बसोवास गर्दै आएको राजवंशी समुदायको तिन ठुलो चाँड सिरुवा, गरुवासी र एकादशी मध्येको एकादशी पर्व भोली मिति २०८० साल मंसिर ७ गते परेको हुँदा स्थानिय सरकारले ततः स्थानमा बसोवास गर्ने कुनै पनि जाति, बर्गको धर्म, संस्कृति, रितिरिवाज र चाँडपर्वको संरक्षण तथा प्रवर्धन गर्ने कर्तव्य समेत हुने हुँदा एकादशी पर्वको उपलक्षमा भोलि मिति २०८० साल मंसिर ७ गते स्थानिय विदा दिनु हुन यो ज्ञापन पत्र पेश गरेको ब्यहोरा अनुरोध छ ।