काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजबाट काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ ।
त्यसका लागि अभियानले भोलिका लागि भन्दै ७ वटा स्थानमा भेला भइ कार्यक्रम स्थल बल्खु पुग्ने रुट सार्वजनिक गरेको छ । जसका कारण त्यसक्षेत्रको यातायात व्यवस्था अस्तव्यस्त हुने देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि बल्खुमा स्थान उपलब्ध गराएको भन्दै प्रसाईं नेतृत्वको अभियानका राजधानीका विभिन्न स्थानबाट उक्त स्थान पुग्ने रुट सार्वजनिक गरेको छ । तोकिएको स्थानमा भेला भई समय तालिका अनुसार तोकिएको रुट प्रयोग गरी बल्खुमा भेला हुन उसले आह्वान गरेको छ ।
भक्तपुर क्षेत्र र सांगा नाका बाट छिर्ने सबैका लागि परीक्षा नियन्त्रण कार्यलय अगाडीको खुल्ला चौरमा जम्मा भएर बिहान १०:३०
गठ्ठाघर, लोकन्थली, जडीबुटी, कोटेश्वर, ग्वार्खु, सातदोबाटो, एकान्तकुना हुँदै बल्खु पुग्ने रुट तय गरेको जनाएको छ ।
त्यस्तै अन्य रुट यस्तो रहेको छ
अभियानले कार्यक्रममा सहभागी हुनेहरुका लागि धार्मीक भण्डा र राष्ट्रिय झण्डा बाहेकका अन्य झण्डाहरु प्रयोगमा निषेध गरेको छ ।र्यालीको अग्र स्थानमा धर्मगुरुहरु, ओमकार परीवार, नाथ लगायतलाई राखेर त्यसपछि आम नागरीकहरु पछि लाग्ने कार्यक्रम अभियानले सार्वजनिक गरेको छ ।