गौरादह  ।  आज बिहान गौरादहमा भएको आगलागीमा परी चौपाया जलेर मरेका छन् ।

बिहान ६ः५० बजेको समयमा गौरादह- २ बस्ने मुक्तिप्रसाद मिश्रको इँटाको वाल र टिनको छानो भएको गोठमा खोले पकाउने क्रममा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट एउटा गाई जलेर घाइते भएको छ भने एउटा बाछी जलेर मरेको छ । गोठको काठ पातसमेत जलेर नष्ट हुँदा आगलागीबाट अन्दाजी १ लाख ६० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

गौरादहको नगरपालिकाको दमकल , कमल गाउँपालिकाको दमकल, इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको टोली र स्थानीय मानिसको सहयोगमा आगो  बिहान ७ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फाइल फोटो

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार