हल्दिवारी । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापा आउने भएका छन् ।

शनिबार झापाको बिर्तामोडमा राजावादीहरुको कार्यक्रममा सहभागी हुन पूर्वराजा झापा आउन लागेको राप्रपाले जनाएको छ ।

झापाको बिर्तामोड स्थित पञ्चकन्यामा रहेको इकम कलेजको उद्घाटन एवं पृथ्वी नारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रममा सहभागी हुन पूर्वराजा झापा आउन लागेका हुन ।

राप्रपाले कार्यक्रमको सदुपयोग गर्दै शक्ति प्रदर्शन समेत गर्न लागेका र त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरु २ महिना देखी सक्रिय छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन समेत १५ दिन देखि कार्यक्रमको तयारीका लागि पूर्वी नेपालका विभिन्न जिल्लामा पुगि रहेको राप्रपा नेता एवं पुर्व कोसी प्रदेश मन्त्री भक्ति सिटौलाले जानकारी दिए । उनका अनुसार शालिक अनावरण भएपनि राप्रपाले कार्यक्रमलाई भव्य बनाउन सबै तयारी गरेको छ ।

नेता सिटौलाका अनुसार भोलि ८ हजार मोटरसाइकल सहितको र्याली र कम्तीमा ६० हजार समर्थकले उनलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।।

व्यवसायी दुर्गा प्रसाईंले काठमाडौँमा आन्दोलन चर्काइरहेको बेला उनको गृहजिल्लामा राप्रपा राजावादीको छुट्टै शक्ति प्रदर्शन हुन लागेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार