हल्दिवारी , ९ मङ्सिर । हल्दिवारी गाउँपालिका वडा नम्बर २ ले किसानलाई तोरीको बिउ तथा आलुको बिउ वितरण गरेको छ ।

वडा अध्यक्ष शुकलाल राजवंशी दिएको जानकारी अनुसार हल्दिवारीका किसानलाई आलु र तोरी खेतीमा प्रोत्साहन गर्ने हेतुले वडाको कृषिको सिलिङ बजेट ३ लाख मार्फत निशुल्क वितरण गर्न लागेको हो

किसानले प्राप्त गरेको आलु र तोरीको बियुको ५० प्रतिशत पछि उत्पादन भएपछि फिर्ता गर्नु पर्ने समेत किसान सग सम्झौता गरिएको छ ।

अध्यक्ष राजवंशीका अनुसार किसानबाट फिर्ता भएको आलु र तोरी हल्दिवारी २ का सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई दिवा खाजामा सहयोग गर्न लागिएको छ ।

किसानले तोरी ३ केजी देखी १४ केजी सम्म प्राप्त गरेका छ्न भने आज वितरण गरिएको आलु किसानले १० देखि २० केजि सम्म उनीहरुको जमिनको डकुमेन्ट अनुसार वितरण गरिएको अध्यक्षले जानकारी दिनु भएको छ ।

आलु वितरण कार्यक्रममा वडा सदस्यहरु रचना राई , गणेश कुमार मगर ,अम्बिका तोलाङ्गी , बिस्णु कुमार राई वडा सचीव मदन कुमार थापा लगायत पत्रकार समेतको उपस्थित रहेको थियो 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार