हल्दिबारी, ९ मंसिर । लोक दर्शन बचत तथा ऋण सहकारी संस्थाको ८ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष पर्शुराम बजगाईंको अध्यक्षता तथा हल्दिबारी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष शुकलाल राजवंशीको प्रमुख आतिथ्यतामा बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त साधारण सभालाई वडा अध्यक्ष शुकलाल राजवंशी, एकता बहुउद्देश्यीय सहकारी संस्था लीका अध्यक्ष हरिकृष्ण अधिकारी, हल्दिबारी गाउँपालिका सहकारी शाखा प्रमुख कविता कणर् लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाको कुल सम्पती २०४१५११४ रहेको छ भने आर्थिक बर्ष ०७९/८० मा ७५८३५६०।८८ पैसा नाफा गरेको प्रतिवेदनमा जनइएको छ । ३४९ महिला सेयर सदस्य, ४३७ पुरुष शेयर सदस्य र एक संस्था सदस्य रहेको संस्थाले ऋण लगानीमा ध्यान दिंदै अगाडी बढ्ने अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको संचालक समितिको तर्फबाट तयार परेको अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष पर्शुराम बजगाईंले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष नेत्र प्रसाद लुइटेलले गरेका थिए साथै कार्यक्रमको सहजिकरण संस्थाका लेखापाल खेमराज उप्रेतीको रहेको थियो ।

आज सम्पन्न बार्षिक साधारण सभाले सर्वसम्मत कार्य समिति र लेखा समिति चयन गरेको छ । सर्व सम्मत निर्वाचित ४ बर्ष कार्यकालको लागि निर्वाचित कार्य समिति देहाय बमोजिम रहेको छ । अध्यक्ष नारायण प्रसाद लुईटेल, उपाध्यक्ष धुव्र राई, सचिव सुर्य प्र. घिमिरे, सह सचिव शान्ता दाहाल, कोषाध्यक्ष डम्बर बहादुर खत्री, सदस्यहरु जनकलाल राजवंशी, तुलशा खतिवडा, मिना राजवंशी, दिपेन ठाकुर, भिम ब. बस्नेत, उत्तम ब. राई रहेका छन भने लेखा संयोज समिति संयोजकमा कुमोद अधिकारी, सदस्यहरु कमल प्रसाद गौतम, कमला कुमारी कटुवाल सर्व सम्मत निर्वाचित भएको संस्थाका निवर्तमान अध्यक्ष पर्शुृराम बजगाईंले बताउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार