हल्दिबारी, १६ जेठ । झापाको हल्दीबारी गाउँपालिका वडा नं. ३ मन्दिरै मन्दिरको वडाको रुपमा परिचित हुदैं गएकाे छ । यस वडामा १० वटा मन्दिर, एउटा बाैद्ध गुम्वा र ३ वटा चर्च रहेका छन् ।

१२.४५ बर्ग कि.मि मा फैलिएको वडामा ११७७ घरघुरी रहेका छन् भने त्यहाको जनसंख्या ६ हजार २ सय १८ रहेको वडा अध्यक्ष विष्णु प्रसाद ओलीले जनाएको छ । उहाँका अनुसार वडा नं. ३ लाई मन्दिरै मन्दिरको वडाको रुपमा पनि चिनिन्छ । त्यस वडामा शुरेश्वर शिवालय मन्दिर–साविक जलथल १, किरात महिम मन्दिर–साविक जलथल १, हनुमान मन्दिर–साविक जलथल १, दुधकन्या मन्दिर–साविक ३, त्रियुगेश्वर मन्दिर–साविक जलथल ३, त्रिलोकेश्वर मन्दिर–साविक जलथल २, राधाकृष्ण मन्दिर (डाडाँ गाउँ)–साविक जलथल ४, राधाकृष्ण मन्दिर (तुलसीबारी)–साविक जलथल ४, हनुमान मन्दिर–साविक जलथल ३  र मेचे शिवालय मन्दिर साविक जलथल ३ रहेका छन् ।

त्यसै गरि साविक १ मै त्रिरत्न बौद्ध विहार निर्माणधिन रहेको छ भने यस वडामा तिनवटा चर्र्च हरु पनि रहेका छन् । यस वडाको पुर्वमा भद्रपुर नगरपालिका पश्चिममा हल्दिबारी–४, उत्तरमा हल्दिबारी–२ र दक्षिणको सिमाना एसियाकै जैविक विविधताले भरिएको जलथल जंगल सिमाना रहेको । यस वडा भित्र लक्ष्मि माध्यमिक विद्यालय, पञ्चयत माध्यमिक विद्यालय, रामज्योति आधारभुत विद्यालय सामुदायिक विद्यालयका रुपमा रहेका छन् भने चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालय र ओराकल एकेडेमी संस्थागत विद्यालयको रुपमा रहेर १४ सय २४ विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेका छन् ।

वडा सचिव राजन खतिवडाका अनुसार यस वडामा एउटा ढडुवा बजार रहेको छ भने ६ वटा गाई फाम, ६ वटा माछा फाम र ९ वटा बाख्रा फाम वडामा दर्ता गरि संचालन भएका छन् । त्यसै गरि रणकाली सामुदायीक बन र रातमाटे सामुदायीक बन यस वडा अन्र्तगत पर्ने बन उपभोक्ता समुह हुन । त्यस्तै यस वडामा २ वटा सहकारी संस्था क्रमश शुभप्रभात स.सं.र कल्याण कृषि स.सं. समेत रहेको वडा सचिव खतिवडाले जानकारी दिनु भयो । त्यसै गरि साविक १ नं. वडामा २ वटा अद्धैत संस्था समेत रहेका छन् । त्यस वाहेक दर्जन भन्दा बढी कृतन मण्डलीहरु केही क्लवहरु समेत रहेको भएता पनि वडामा सुचिकृत तथा दर्ता नभएका कारण कति रहेको एकिन गर्न नसकिएको वडा सदस्य कर्ण बहादुर भण्डारीले जानकारी दिनु भयो । यस वडा अन्र्तगत देउनिया खोला, भुसुडी खोला, डम्फु खोला, ढडुवा खोला र काजली खोला समेत रहेको वडा सदस्य भण्डारीले जनकारी दिनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार