चन्द्रगढी , जेठ १७ । जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोडकी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्यामा संलग्न भएको आरोपमा श्रीमान ,श्रीमतीसहित ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय भद्रपुरमाआज पत्रकार सम्मेलन मार्फत प्रहरीले विष्टको हत्या भएको २२ दिनपछि हत्या अपराधमा संलग्नलाई सार्वजनिक गरेको हो ।
प्रहरीले घटनामा संलग्न बिर्तामोड-४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २० वर्षीयन वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगीरथ राजवंशी र ४३ वर्षीय धनबहादुर कामीलाई सार्वजनिक गरेको थियो ।
घटनाका मुख्य योजनाकार गंगाप्रसादसहित चारजना विष्टका छिमेकी हुन् भने कामी चोरीको सामान किन्ने पसलका सञ्चालक रहेको जिल्लन प्रहरी कार्यालय झापाका प्रमुख एसएसपी मिलन केसिले जानकारी दिएका छ्न ।
प्रमुख केसीका अनुसार उनीहरुको साथबाट मृतक विष्टको सुनको चुरा, सिक्री, कानको टप, जन्तर लगायत सुनका सामग्री राजवंशीले ट्युबवेलको छेउमा ल्ल माटोमा गाडेको अवस्थामा प्रहरीले भेटेको थियो ।
नाति घर गएको तथा विष्ट घरमा एक्लै भएको अवस्थामा उनी मृत भेटिएकी थिइन् । उनको रड तथा खन्तीले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
ल्ल्ल्ल्ल्ललसिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी अनारमनीको प्रहरीको टोलीले संयुक्त अनुसन्धान टोलीले २० दिन सम्म गरेको अनुसन्धान पछि उनीहरुलाई प्रमाण सहित प्रकाउ गरिएको प्रमुख केसिले जानकारी दिनु भएको छ ।
प्रहरीका अनुसार अर्जुनधारा-६ का कामीको हनुमान सुन पसल भन्ने रहेको छ भने महेश घटनाका मतियार रहेको, गंगाप्रसादकी पत्नी वर्षा चोरेको सामान लुकाउन सहयोगी भएको र भगीरथ चोरीको सामान बेच्न सहयोगी रहेका थिए ।