बनियानी, १८ जेठ । कचनकवल गाउँपालिका वार्ड नं. ४ मा रहेको महेन्द्ररत्न मा.वि. का संस्थापक एवं जग्गादाता स्व.बाहादुर चन्द्र सिंह राजवंशीको शालिक निमार्ण हुने भएको छ । २०१७ सालमा स्थापना भएको उक्त विद्यालयलाई स्व.राजवंशीले १३ विघा ६ धुर जमिन निशुल्क प्रदान गरेका थिए ।
कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीका अनुसार शिक्षाका क्षेत्रमा यसरी जग्गा जमिन प्रदान गर्ने दाताहरुलाई गाउँपालिकाले उनिहरुको परिवारको सम्मान स्वरुप विद्यालय परिसरमा अर्धकदको सालिक निमार्ण गरिदिन लागेको बताउनु भयो । उहाँका अनुसार यसरीनै जग्गा जमिन प्रदान गर्ने अन्य दाता महानुभावहरुको पनि सम्मान स्वरुप शालिक निमार्ण गरिदिन लागेको बताउनु भएको छ ।
साविक केचना गाउँपालिकामा रहेको उक्त विद्यालयमा स्व.राजवंशीको असोज सम्ममा स्तम्भ निमार्ण गरि शालिक अनावरण गर्ने लक्ष लिएको विद्यालयका प्रधानाध्यापक मोहन राजवंशीले बताउनु भयो । स्व.राजवंशीका जेठा छाेरा पञ्चानन्द सिंह राजवंशी साविक केचना गाउँपालिकाका प्रधानपञ्च रहेका थिए भने अर्का छाेरा परमान्नद सिंह राजवंशी कचनकवल गाउँपालिका वडा नं. ४ का पुर्व वडा अध्यक्ष समेत रहेका थिए ।
स्व.बाहादुर चन्द्र सिंह राजवंशीको शालिक निर्माण गर्न गाउँपालिकाले ३ लाख रुपैया र विद्यालयबाट २ लाखको साझेदारीमा काम अगाडी बढी सकेको प्रधानाध्यापक राजवंशीले जानकारी दिनु भयो । उनकाे अधृकदकाे शालिक इटहरीका मुर्तिकाले तयार गरिरहेकाे तस्विरमा देख्न सकिन्छ ।