झापा जिल्ला कनकाई नगरपालिकाको वडा नम्बर सात स्तरीय सरस्वती वडा बाल संजालले हिजो शुक्रबारका दिन बालबिबाह , आत्माहत्या , बाल श्रम , लागू औषध , साईबर अपराध सम्बन्धि सचेतनामुलक कार्यक्रम तथा वडाध्यक्ष संग बालबालिका कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिका वडा नम्बर सात स्थित फक्तालुङ एजुकेसन फाउन्डेसन बिधालयमा सो कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रमलाई २ चरण बिभाजन गरि पहिलो चरणमा अभिमुखीकरण कार्यक्रम र दोस्रो चरणमा वडाध्यक्ष संग बालबालिका कार्यक्रम गरि एकै दिन २ वटा कार्यक्रम संचालन गरिएको वडा बाल संजाल अध्यक्ष सुप्रीम पौडेलले बताए ।
वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा बनाउनको निमित्त वडा नम्बर सातको सहयोगमा सरस्वती वडा बाल संजाल क्रियाशिल रुपमा कार्यक्रमहरु संचालन गर्दै आईरहेको र त्यसै बिच बालबालिकाको समस्या , सुझाव , जिज्ञासा्हरु सम्बन्धित निकाय सम्म पुर्याएर त्यसै अनुरुप समस्याहरु निराकरण गर्न वडालाई ध्यानाकर्षण गराउदै बालबालिकाको हक अधिकार सुनिश्चितता हुने बिश्वासका साथ सो कार्यक्रम गरिएको कनकाई नगर बाल संजाल आईटि संयोजक तथा सरस्वती वडा बाल संजाल सचिव रिजन तिम्सिनाले बताए ।
बालबिबाह , आत्माहत्या , लागू औषध , बाल श्रम , साइवर अपराध अभिमुखीकरण कार्यक्रम को अभिमुखीकरण ईलाका प्रहरी कार्यलयका ईन्चाच प्रवीण भट्राईले दिनुभएको थियो । कार्यक्रममा वडाध्यक्ष भीषम भुषण सिटाैला , वडा सदस्य निर्मल आङथुप्पो , बाल कल्याण अधिकार उमानाथ ढकाल , लायन्स क्ल्ब अफ दुर्गापुरका अध्यक्ष तिलोचन रिजाल , वडा सचिव तुलसा थापा , फक्तालुङ एजुकेसन फाउन्डेसन बिधालय ब्यबस्थापन समिती अध्यक्ष दुर्गा नेम्वाङ , प्रीन्सिपल ओम ब्रीक्रम नेम्वाङ , भृकुटी मा वि सहायक प्रधानाध्यापक कुमार खरेल , बाल संजाल पदाधिकारी , बाल कल्ब शिक्षक संरक्षक देउकुमारी रुचाल , तारा उप्रेती लगायत बिद्यार्थी १०० भन्दा बढिको उपस्थिति रहेको थियो ।बालबालिकाहरुले वडाध्यक्ष लाई बालबिबाह , लागू औसध बिक्री बितरण , बालिका हिंसा , बालबालिकाको नीति तथा कार्यक्रम , बालसहभागिता , बालमैत्री सुचक अन्तरगत प्रश्न सोधेका थिए ।
सरस्वती वडा बाल संजालका अध्यक्ष सुप्रीम पौडेलको अध्यक्षतामा भएको कार्यक्रम को संचालन सचिव रिजन तिम्सिनाले गरेका थिए भने स्वागत मन्त्वय उपाध्यक्ष अम्बिका गोस्वामिले राखेकी थिइन । कार्यक्रममा सडक नाटक मन्चन समेत गरिएको थियो ।