जनक राजवंशी/ हल्दीबारी । हल्दीबारी गाउँपालिका – २ देउनिया खोलामा रहेको आर्यघाट निर्माणको लागि संघीय सरकार मार्फत १ करोड बिनियोजन भएको छ ।
रास्वापाबाट प्रतिनिधित्व गर्ने संघीय साम्सद निसा डाँगीको प्रत्यक्ष पहलकदमी मार्फत उक्त बजेट घाट व्यवस्थापनको लागि शहरी बिकास मन्त्रालय मार्फत छुट्टीएको हो ।
हल्दीबारीमा व्यवस्थित आर्यघाट नहुदाको पिडालाई हल्दीबारीकी चेली रास्वपा क्षेत्रीय समिति उपसभापति मनिसा भट्टराई कार्कीले घाट निर्माणको लागि माननीय निसा डाँगीलाई पहलको लागी अनुरोध गरेकि थिइन ।
उनले हल्दिबारी डटकम सँग कुराकानीमा भनेकी छ्न बजेट छुट्टीएको छ, सबै मिलेर व्यवस्थित काम गर्नु पर्छ । यो बजेट छुट्टीए सगै रास्वपाले हल्दीबारीलाई महत्त्वको साथ हेरेको प्रष्ट हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
6
+1
9
+1
1
+1
+1
+1