हल्दिवारी, १२ असार । झापाको कचनकवल गाउँपालिकामस विषालु सर्पको टोकाइबाट एकजना वालिकाको मृत्यु भएको छ ।

कचनकवल गाउँपलिका वडा नं.३ ठुलो केचना वस्ने हरी प्रसाद राजवंशीको छोरी वर्ष १२ कि मनिषा राजवंशीलाई आफ्नै भण्डार कोठा भित्र टेबल निकाल्ने क्रममा बिषालु सर्पले टोकि उपचारको लागि विएण्डसि अस्पताल विर्तामोड लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार बेलुकी ५ : ३० बजेको समयमा उनलाई सर्पले टोकेको थियो । कचनकवलमा रहेको सर्पदंस उपचार केन्द्रमा उपचार सम्भव नभए पछि उनलाई थप उपचारको लागि विएण्डसि अस्पताल विर्तामोड लैजाने क्रममा मृत्यु भएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
1
+1
19
+1
3

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार