रिजन तिम्सिना, कनकाई / लायन्स क्लब अफ कनकाई दुर्गापुरको आयोजनामा आज भानु जयन्तीको अबसरमा बृहत रुपमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ । प्रगतिशील वडा स्तरीय बाल संजाल , सक्षम वडा बाल संजाल र सरस्वती वडा बाल संजाल तथा प्रजापति सामाजिक क्लबको सह आयोजनामा सो कार्यक्रम आयोजना गरिएको हो ।
कनकाई नगरपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने झापाकै चर्चित पर्यटकिय स्थल जामुनबारी सिम्सार तथा प्सामुदायिक बन परिसरमा विभिन्न जातिका फलफुल तथा बोट बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
कोशी प्रदेश सरकारका पुर्व मुख्यमन्त्री तथा वर्तमान कोशि प्रदेश सभा सदस्य माननीय केदार कार्कीको प्रमुख आतिथ्यतामा वृक्षरोपण कार्यक्रम गरिएको थियो । कार्यक्रममा सम्बोधन गर्दै सो प्रकारका कार्यक्रम बन तथा जङ्गलमा वृक्षारोपण गर्नाले जंगली हात्ती समेतको नियन्त्रण गर्ने र मानवीय क्षति समेतमा न्यूनीकरण हुने र जंगली जनावरहरुको समेत संरक्षण हुनेहुदा जंगलमा फल फुल तथा बोट बिरुवाहरुको वृक्षरोपण गर्नु र तिनीहरुको रेखदेख गर्नु सबैको साझा दाहित्व रहेको बताए ।
लायन्स क्लब अफ कनकाई दुर्गापुरका प्रेसिडेन्ट लायन्स तिलोचन रिजालले अध्यक्षको सम्बोधन गर्दै यस प्रकारका कार्यक्रमहरु लायन्सले यस बर्ष गरिरहने र यस किसिमका सामाजिक कार्यहरूमा सहभागीहुनाले सामाजिक भाइचारा समेतको बिकास हुनेहुदा यश किसिमका कार्यक्रममा सहभागी हुनका लागी अनुरोध समेत गरेका थिए ।
वृक्षारोपण कार्यक्रममा कनकाई नगर प्रमुख , वडाअध्यक्ष , बालबालिका , संघ सस्थाका प्रतिनिधि , लायन्स ईन्टरनेशनल डिस्टिक ३२५ सि का प्रथम गोभर्नर लायन्स बबरजङ थापा , डिभिजन बन कार्यलय का प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन लायन्स क्ल्ब अफ कनकाई दुर्गापुरका सचीव दिपक कुमार ओलिले गरेका थिए ।