बिर्तामोड : नेपाल मुस्लिम इत्तेहाद संगठन बिभाग प्रमुख जबुल मिया संग आज सो संगठनका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज मोहम्मद इस्लामको नेतृत्वमा स्थानीय संगम स्वीटमा भएको भेटघाट कार्यक्रम बीच संगठन बिभाग प्रमुख संग संगठन झापाको बिस्तार र संगठनलाई चुस्त दुरुस्त बनाउने सन्दर्भमा ब्यापक छलफल गरेको संगठन झापा इन्चार्ज मोहम्मद इस्लामले बताए ।

सो भेटघाट कार्यक्रममा संगठन झापाका पूर्ब जिल्ला अध्यक्ष मो. शादिक अन्सारी, जिल्ला सदस्य मो. समसाद मिया, जमीयते ओलेमा नेपाल झापा अध्यक्ष ऐजाज़ अहमद समेतको उपस्थितिमा नेपालमा मुस्लिम समुदायको अबस्था र चुनौतीका बिषयमा समीक्षा गरेका थिए । सो भेटघाट कार्यक्रमकोमहत्व बारे संगठन झापा इन्चार्ज मोहम्मद इस्लामले प्रकाश परेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार