द्रोण अधिकारी/भद्रपुर । कोशी प्रदेश सरकार मार्फत आर्थिक वर्ष २०८०/०८१ मा झापामा आएको विकास रकम मध्ये २० प्रतिशत खर्च हुन नसकेर फिर्ता भएको छ ।

प्रदेश सरकारबाट चालु तर्फ १ अर्व ४१ करोड १७ लाख ९२ हजार २०० तथा पूँजीगततर्फ ३ अर्व १७ करोड ४० लाख ११ हजार गरी ४ अर्व ५८ करोड ५८ लाख ३ हजार २ सय रकम झापामा आएको भए पनि ३ अर्व ७० करोड ७७ लाख ६५ हजार ६६४.५२ पैसा मात्र खर्च भएको हो ।

खर्चतर्फ चालु खर्च १ अर्व १६ करोड ८८ लाख ४६ हजार ६५६ रूपैँया ३६ पैसा खर्च भएको छ भने २ अर्व ५३ करोड ८९ लाख १९ हजार ८ रूपैया ३६ पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक इकाइ कार्यालय झापाका प्रमुख कुलप्रसाद गुरागाईले जानकारी दिए ।
प्रारम्भिक विवरण अनुसार झापामा सवैभन्दा धेरै वजेट पूर्वाधार विकास कार्यालय झापाले २ अर्व १४ करोड ७६ लाख ५० हजार वजेट प्राप्त गरेकोमा १ अर्व ५७ करोड ७० लाख ६८ हजार ६०७.४४ मात्र खर्च गर्न सफल भएको देखिन्छ ।

झापाका १५ वटा स्थानीय तहलाई ५६ करोड ६७ लाख ५४ हजार वजेट आएकोमा ६ करोड ५ लाख ४ हजार ९१५.६० रूपैया खर्च नभई फिर्ता गएको देखिन्छ । सवै पालिकाले खर्च विवरण पठाइ नसकेका कारण यो रकम अझ बढ्न सक्ने प्रमुख गुरागाईले जानकारी दिए ।

दोश्रो धेरै वजेट पाउने खानेपानी तथा सरसफाई डिभिजन झापाले ५२ करोड १२ लाख ७४ हजार वजेट पाएकोमा ५१ करोड १४ लाख ७ हजार ४२३.३७ पैसा मात्र खर्च गर्न सफल भएको छ ।

तेश्रो धेरै वजेट जलश्रोत तथा सिञ्चाई डिभिजन झापाले ३४ करोड ६ लाख ४३ हजार रकम पाएकोमा ३० करोड ८० लाख ६९ हजार ७८५.३६ पैसा मात्र खर्च गर्न सफल देखिन्छ ।

चौथो धेरै वजेट मेची प्रादेशिक अस्पताल भद्रपुरले २१ करोड ६८ लाख ९९ हजार वजेट पाएकोमा १६ करोड ७० लाख ४९ हजार ५९८.७६ पैसा मात्र खर्च गरेको छ ।

पाँचौं धेरै वजेट कन्काई सिञ्चाई व्यवस्थापन कार्यालयले ११ करोड ९७ लाख ४४ हजार रकम पाएकोमा ११ करोड ३९ लाख ६१ हजार ५७९.४५ रकम मात्र खर्च गरेको देखिन्छ । झापामा २६ वटा कार्यालयमा प्रदेश सरकार मार्फत वजेट आएको भए पनि कुनै पनि कार्यालयले शतप्रतिशत खर्च गर्न भने सकेनन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार