हल्दिवारी, ८ साउन । हल्दीवारी गाउँपालिका वडा नम्बर २ स्थित पाराखोपी बजार पुर्व एक व्यक्ति झुन्डिएकाे अवस्थामा मृत फेला परेकाे छन ।
स्थानीय बर्ष ६३ का बासु राजवंशी आफ्नै घरकाे उत्तरपट्टी रहेकाे लिच्चिकाे बाेटमा संकास्पद रूपमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन।
उनकाे टाउकाे, अनुहार सहित शरिरिका विभिन्न भागमा चाेट लागेकाे देखिएको छ भने घरका विभिन्न ठाउँमा रगत समेत पाईएकाे अनुसन्धानमा आएका एक प्रहरीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय झापाकाे अनुसन्धान टाेली घटना स्थलमा आएर अनुसन्धान प्रकृया अगाडि बढाएको छ भने मृतक राजवंशीकाे परिवााारमा ८ जना सदस्य रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयको डिएसपी कृष्ण कुमार चन्द सहितको अनुसन्धान टोलीले ४ घण्टा लगाएर गरेको अनुसन्धान पश्चात् मृतक राजवंशीको छोरा सुनिल राजवंशीलाई नियन्त्रणमा लिएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका डाक्टर सहितको टोलीले लामो समयसम्म अनुसन्धान गरेको थियोे । मृतक राजवंशीको शवलाई पोसमार्टमको लागी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।