झापा , साउन ८ । स्कुटर चालकसंग घरसम्म पुर्याइदिन सहयोग मागेका एक अपरिचित व्यक्तिले झापाको हल्दिवारीमा चालकलाई बेहोस बनाई स्कुटर लुटेर लगेका छन् ।

हिजो जिल्ला प्रशासन कार्यालय भद्रपुरमा भेट भएका विनोद राजवंशी बताउने व्यक्तिले मेचीनगर ५ का २२ वर्षीय पुजन श्रेष्ठको प्रदेश न.१–०१–०१५प–३४४८नम्बरको स्कुटर हल्दिवारीको भेलागुडी जंगलमा लुटेर लगेका हुन् ।

बुबाको नागरिकताको प्रतिलिपि बनाउन जिल्ला प्रशासन कार्यालय गएका श्रेष्ठसंग ती व्यक्तिको त्यही चिनजान भएको थियो । आफू पनि नागरिकताको प्रतिलिपि बनाउन आएको उनले श्रेष्ठलाई बताएका थिए । अपरान्ह ४ बजेतिर आफ्नो घर नजिकै रहेको र घर जाने काम पर्यो भनेर ती व्यक्तिले श्रेष्ठसंग लिफ्ट मागेका थिए । श्रेष्ठसंग चावी मागेर आफै स्कुटर कुदाएका उनले भेलागुडी जंगलमा आफ्ना दुईजना साथी बोलाएर लछारपछार गर्दै कुटपिट गर्नुका साथै अनुहारमा स्प्रे छर्केर बेहोस बनाएका थिए । त्यसपछि उनीहरुले स्कुटर लुटेको श्रेष्ठकी भाउजु अन्जना भण्डारीले बताइन् ।

घाइते र बेहोस भएका श्रेष्ठ राति पौने २ बजेतिर मात्र घर पुगेको उनले जानकारी दिइन् । आफूहरुले हुलियासहित स्कुटर लुट्नेहरुलाई खोजी गरी कार्वाही गर्न प्रहरीलाई उजुरी दिएको अम्बिकाले जानकारी दिएकी छन् ।

लुटेर लगेको स्कुटर

याे खबर प्रतिदिनबाट साभार।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
3
+1
0
+1
1
+1
9
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार