झापाको कचनकवल गाउँपालिका वडा नम्बर – ४ केचनामा करेन्ट लागेर एक १५ बर्षिय नाबालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय ललन शाहको छोरा १५ बर्षिय बिशाल शाहको मृत्यु भएको हो ।
शाहलाई गएराती १० बजेतिर आफ्नै घरको टिनको छानामा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर बेहोस भइ उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगिएकोमा उनलाई डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ । उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान प्रहरीले अगाडि बढाएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
1
+1