भद्रपुर : भद्रपुर नगर पालिका वडा नं ३ स्तरीय जेष्ठ नागरिकहरुको भेला एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
सो भेलाले लक्ष्मी प्रसाद फुयलको अध्यक्षतामा ९ सदस्यीय जेष्ठ नागरिक संघ भद्रपुर -३ गठन भएको छ लंव गठित समितिको उपाध्यक्षमा पदम् बहादुर अधिकारी, सचिवमा शंकर रिजालर कोषाध्यक्षमा रोमा देवी घिमिरे निर्वाचित भएका छन । त्यसै गरी समितिको सदस्यमा क्रमशः शैलक्ष्मी राई, छली माया भन्डारी, भरत राजबंशी, प्रेम प्रसाद दर्नाल, भीम बहादुर बास्कोटा चयन भएका छन ।
उक्त भेलामा बोल्दै जेष्ठ नागरिक संघ भद्रपुरका सचिव इश्वर प्रसाद पोखरेलले जेष्ठ नागरिकहरुको संरक्षणमा समुदाय र राज्यको भूमिका महत्वपूर्ण रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
+1
+1
+1