हल्दिबारी, १७ श्रावण । झापाको हल्दिबारीमा रहेको युवाहरुको क्लब ढडुवा युवा क्लब परिवारले बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
हल्दिबारी गाउँपालिका अन्तर्गत वडा नं ३ को कार्यालय बाट प्राप्त अगरुड प्रजातीको अन्दाज १०० वटा विरुवा आजको कार्यक्रममा रोपिएको थियो।
अध्यक्ष दिनेश मेचेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि हल्दिबारी -३ का वडा अध्यक्ष बिष्णु ओली थिए भन्ने कार्यक्रमा सामुदायिक वनका अभियान्ताहरु , विभिन्न संघ संंस्था , प्रहरी, पत्रकार ,नागरिक समाजका अगुवा र युवा कल्बका पदाधिकारी सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमका सहजीकरणकर्ता अभिषेक खतिवडाले जानकारी दिएको छन।
लामो समय देखि ढडुवा युवा कल्बले समाजमा बिभिन्न माध्यम बाट रचनात्मक एवम सिर्जनात्मक गतिविधि ,अभियान एवम कार्यक्रमहरु सञ्चालन गरिरहेको बुझिएको छ ।
जलथल जङ्गलको रातमाटे सामुदायिक वनको हातभित्र रहेको पर्यटकीय सडकमा गरेको आजको वृक्षरोपण कार्यक्रम संचालन एवम सहजीकरण अभिषेक खतिवडाले गरेका थिए ।