झापा । इस्लामी संघ नेपाल कोशी प्रदेश द्वारा यहि मिति श्रावण १७ गते झापा गाउँपालिका वडा नं. १ र ५ मा वाढीपिडित १३० परिवारहरुलाई राहात एक कार्यक्रमका बीच राहत सामग्री वितरण गरियो। सो कार्यक्रमका प्रमुख अतिथिका झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु देवी थपलिया तथा विशेष अतिथि इस्लामी संघ नेपाल कोशी प्रदेश अध्यक्ष मौलाना सज्जाद अन्सारी फलाहीले संयुक्त रूपमा राहात वितरण कार्यक्रम सम्पन्न गरिएक़ो थियो ।

इस्लामी संघ नेपालले राहत सामग्री बितरण गर्दै आएक़ो सामाजिक कार्यको उच्च मूल्याङकन गर्दै कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियले इस्लामी संघ नेपाललाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै कार्यहरु निरन्तर रुपमा गरिरहन इस्लामी संघ नेपाललाई शुभकामना दिइन ।

उक्त राहत सामग्री अन्तर्गत प्रति परिवार चामल २५ केजी, तिर्पाल १ थान, मेट १ थान, आटा २ केजी, तौलिया १ थान, चिनी १ केजी, मुसुरी दाल १ के जी, नुन १ केजी, लुगा धुने साबुन ४ थान, नुहाउने साबुन ४ थान, सेम्पु ५०० मि. १ थान, कोल्गेट/ब्रस १/१ थान, कपालमा लगाउने तेल १ बोतल, सनफलावर तेल २ लि., रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै इस्लामी संघ नेपाल कोशी प्रदेशका अध्यक्ष मौलाना सज्जाद अन्सारीले चार दशकदेखि मानबिय सेवामा इस्लामी संघ नेपालले सामाजिक क्षेत्रमा दिदै आएक़ो सहयोग निरन्तर रहने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रमक़ो संयोजन इस्लामी संघ नेपाल झापा समितिका शेर मोहम्मदले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार