तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । पोखराबाट काठमाडौंका लागि छुटेको भारतीय बसमा ४० जना यात्रु रहेको र बस मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ।

तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार