झापा । गौरीगञ्ज गाउँपालिका-५ को चिल्हारा बजारमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय सनपलाल हरिजनले गाईबस्तुका लागि बालेको घुरबाट सल्किएको आगोले नजिकै रहेका घर जलेर नस्ट भएको छ । मध्यराति टिनको छानो र बाँसको टाटी भएको एकतले घरमा आगलागी हुँदा बाख्रा , अन्नपात , भाडावर्तन, नगद ५५ हजार गरी करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही ठाउँ बस्ने अन्दाजी ३५ वर्षीय शुक्र हरिजनको टिनको छाना र बाँसको टाटी भएको एकतले घरको पश्चिम भाग आधा जलेर नस्ट हुँदा अन्नपात लत्ताकपडा गरी अन्दाजी २ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

आगलागी भइरहेको भनी स्थानीयले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराउनसाथ प्रहरी निरीक्षक रामचन्द्र शाहको नेतृत्वमा प्रहरी टोली खटिएर स्थानीय, प्रहरी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा राति १:३० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार