झापा बिर्तामोडका भुजेलको भारतमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ ।

तीर्थयात्रीहरु लिएर भारत वृन्दावन गएको बस दुर्घटनामा अन्दाजी ४५ वर्षका धर्मेन्द्र भुजेलको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

२६ जना तीर्थयात्री लिएर भुजेल भदौ ४ गते मथुराको वृन्दावन गएका थिए भने भदौ ९ गते श्रीकृष्ण जन्माष्टमीको राति उनलाई लहरीले ठक्कर दिदा दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सुनसरीको इनरुवा घर भई बिर्तामोड-४ पुरानो बिजुली अफिसछेउमा बस्दै आएका उनी बसका स्टाफ हुन् । बस वृन्दावनमा दुर्घटनामा परेको र तीर्थयात्रीहरु अलपत्र परेको विषयमा बुझ्ने प्रयास भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
7
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार