हल्दिवारी । साउदी अरबमा मृत्यु भएका झापा हल्दिवारी – ३ ढडुवा बजारका बिनोद गिरिको शव नेपाल आइपुगेको छ ।
आजभन्दा ६ महिना अगाडि मृत्यु भएका गिरिको शव लामो अनुसन्धान पछि आज दिउँसो ३:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा परिवारजनले बुझेको झापाली समाज साउदी अरबका अध्यक्ष एवं मृतकका छिमेकी रविन गरिले हल्दिवारी डटकमलाई जानकारी दिएका छ्न ।
१८ मार्च २०२४ मा ऊनी आफ्नै सुत्ने कोठामा मृत अवस्थामा भेटिएपछि त्यहाँको प्रहरीले हत्या आसन्का गरि लामो समय सम्म अनुसन्धान गरेपछि उनको मृत्यु सोभाबिक भएको अस्पताल तथा प्रहरीको अनुसन्धानले देखिएपछि नेपाली दूतावासको समन्वयमा आज उनको शव नेपाल पठाइएकोको अध्यक्ष गिरिले जानकारी दिए।
मृतक गिरिका १ छोरा १ छोरी र श्रीमती रहेका छ्न भने भोलि उनको स्थानीय रंगेडाडा देउनिया आर्यघाटमा अस्तेस्टी गरिने बताइएको छ । उनी रोजगारीका लागी मृत्यु हुनुभन्दा ८-९ महिना अगाडि मात्र साउदी पुगेका थिए ।