हल्दिवारी । हल्दिबारी गाउँपालिका वडा नं २ मा रहेको  सरस्वती आधारभूत विधालयको स्वामित्वमा रहेको चतुरमान कवड हललाई नेपाल सितेरियो कराँते संघकाले निर्माण पूरा गर्ने भएको छ ।

 

 

 

नेपाल सितेरियो कराँते संघका अध्यक्ष दावा गुरुङले एउटा अन्तर्राष्ट्रिय स्तरको कवड हल बनाउने कुरामा प्रतिबद्धता जाहेर गर्नु भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन महेन्द्र ले जानकारी दिनु भएको छ ।

रस्वती आधारभूत विधालयको स्वामित्वमा रहेको जामिनमा दन्द
कालमा बेपत्ता पारिएको स्थानीय चतुरमान राजवन्सीको नाममा
बनाउन शुरु गरिएको अधुरो कवड हललाई कराँते संघले अन्तर्राष्ट्रिय स्तरको बनाउने गरि आज स्थलगत निरीक्षक समेत गरिएको छ ।
गाउँपालिकाको सभाहलमा भएको अन्तरकृयामा संघका अध्यक्ष गुरूङ्गले अधुरो कभर्डहल पुरा गर्न पहल गर्ने प्रतिबद्वता जनाउनुभएको थियो भने पालिका अध्यक्षरवीन्द्र प्रसाद लिङदेनले कानुनी प्रकृया लगायत सबै पक्षमा सहजीकरण गर्ने प्रतिबद्वता जनाउनुभएको थियो।
उक्त कवड हल निर्माण गर्न करिब ५० लाख खर्च भई सकेको छ भने करिब १८ कठठामा  बन्दै गरेको कवड हल र ३ बिगाहा २ कठ्ठा जमिन समेत रहेको छ ।
अधुरो कवड हल निर्माणको बिषयमा प्रमुख प्रशासकीय अधिकृत बनले नेपाल सितेरियो कराँते संघका अध्यक्ष दावा गुरुङ सग प्रस्ताव राख्नुभए पछि गुरुङ सहितको टोलि हल्दिवारी आएर स्थलगत निरीक्षण गरि काठमाडौ फर्किएको छ ।
आज सम्पन्न अन्तरक्रिया कार्यक्रममा  हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) , वडा अध्यक्षहरू  शुकलाल राजवंशी, सन्तकुमार थापा, खडग लावती, देवीबहादुर थापा  ,विधालय व्यवस्थापन समितिका पदाधिकारीहरू, प्र.अ लगायतको उपस्थित रहेको थियोे ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार