हल्दिबारी, २४ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा एक दिवसिय जु.रे.स. ÷ यु.रे.स का विद्यार्थीहरुलाई रेडक्रस सम्वन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

झापा क्षेत्र नं. ३ (ख) का प्रदेशसभा सदस्य माननिय छविलाल चुडालको प्रमुख आतिथ्यता एवं हल्दिबारी उपशाखाका सभापति कर्णखर प्रसाईको अध्यक्षतामा सम्पन्न प्रक्षिक्षण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला उप मन्त्रि प्रकाश चन्द्र खरेल र रेडक्रस जिल्ला शाखाका कार्यालय प्रमुख हरिसरण खड्काले जुनियर तथा युवा रेडक्रसका भाई बहिनीहरु एवं शिक्षक नायकहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा हल्दिबारी २ का ५ वटा विद्यालय हल्दिबारी मा.वि., सरस्वती आ.वि., सिग्मा अंग्रेजी विद्यालय, जसोदा बोर्डिङ्ग स्कुल र क्यानरी एकडेमीका ६० जना शिक्षक÷विद्यार्थीहरुले प्रशिक्षण कार्यक्रममा भाग लिएका थिए । उक्त अवसरमा पाँच वटै विद्यालयका जुनियर तथा युवा रेडक्रस सर्कललाई प्रमुख अतिथि चुडालले फस्टेड किट वितरण गर्नु भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि चुडालले सामाजिक क्षेत्रमा रेडक्रसको महत्वपुर्ण भुमिका रहेको बताउँदै विद्यालय स्तर बाटै सामाजिक क्षेत्रमा लाग्न विद्यार्थी भाई बहिनीहरुलाई आव्हान गर्नु भएको थियो । कार्यक्रमको औचित्यमाथी हल्दिबारी उप शाखाका सभापति कर्णखर प्रसाईंले प्रस्ट पार्नुृ भएको उत्घाटन कार्यक्रममा स्वागत मन्तव्य उपशाखा सदस्य नेत्र विक्रम विमलीले गर्नु भएको कायक्रमको सहजिकरण शाखाका सचिव हरिकृष्ण अधिकारीले गर्नु भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार