कविता : “पत्र/आकांक्षा”
यो पत्र तिमीलाई
तिमीलाई नभेट्ने आशामा ।
किनभने यो पत्रमा म
तिमीलाई दिन केहि छैन
न त नयाँ केही भन्नु छ ।
आफैलाई बाहेक
कमजोरी र असफलताको
जुन तिमी म भन्दा धेरै हौ
सचेत रहनु ।
यो पत्र तिमीलाई
केवल तिम्रो सम्झनमा
जुन ढिलो वा चाँडो
आँखाबाट पानी पर्छ ।
र मसँग छ
यो पत्र लेख्नु बाहेक
अरु केही हुदैन ।
देवेन्द्र किशोर ढुङगाना
भद्रपुर,झापा
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
2
+1
+1
+1
+1