यो घटना बिहारमा भएको छ, जहाँ १८ वर्षीय मिथिलेश कुमारले २ लाख भारु तिरेर नक्कली आईपीएस अधिकारी बनेको आरोपमा पक्राउ परेका छन्। कक्षा १० मात्र पास गरेका मिथिलेशले मनोज सिंह नामका व्यक्तिसँग २ लाख भारु तिरेर आईपीएस अधिकारी बन्ने सम्झौता गरेका थिए।

मनोज सिंहले उनलाई नक्कली युनिफर्म र पेस्तोल दिएपछि मिथिलेश आफ्नो गाउँ फर्किए, जहाँ गाउँलेहरूले उनलाई प्रहरी अधिकारी मान्दै बधाई दिएका थिए। उनले आफ्नी आमालाई पनि प्रहरी अधिकारी भएको कुरा बताए।

तर सिकन्दरा चोकमा केही मानिसहरूलाई मिथिलेशको रूप र व्यवहार शंकास्पद लागेपछि प्रहरीलाई जानकारी गराइयो। प्रहरीको सोधपुछपछि मिथिलेशले मनोज सिंहले ठगेको कुरा खुलासा भयो। मिथिलेशलाई अहिले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार