झापा । हाल देशभर मनसुनी वायु र बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको छ। जल तथा मौसम विज्ञान विभागले सबै प्रदेशमा सामान्यदेखि पूर्ण बदली र विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम तथा भारी वर्षाको सम्भावना रहेको जनाएकाे छ।

विशेष गरी कोशी, मधेस, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा र धेरै भारी वर्षाको सम्भावना छ। त्यस्तै, तराईका केही क्षेत्रहरूमा हुरी चल्ने सम्भावना पनि छ।

विभागले आगामी २४ घण्टामा बाढी, पहिरो, सहरी क्षेत्रहरूमा डुबान, र साना ठूला नदी नालामा पानीको सतह बढ्ने जोखिम रहेको जनाउँदै सतर्क रहन सबैलाई आग्रह गरेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार