काठमाडौं । नेपालमा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरूमा विशेषगरी समस्या आएको छ।
काठमाडौंबाट सिमरा र विराटनगरका लागि उडान गर्ने केही विमान मौसमका कारण प्रभावित भएका छन्। यती एयरलाइन्सको एक विमान सिमराको आकाशमा पुगेपछि अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ, र अर्को विमान विराटनगरको लागि उडेको अवस्थामा मौसमका कारण काठमाडौं फर्किएको छ।
काठमाण्डू विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) अन्तर्गत उडान भइरहेको छ। आजका लागि कुनै पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको र अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ।
यो समस्याले यात्रुहरूको तालिका प्रभावित गर्न सक्छ, त्यसैले हवाई यात्रा गर्नेहरूले आफ्नो उडानको स्थिति समय-समयमा जाँच गर्न सुझाव दिइन्छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1